Kathmandu Press

बिस्केट जात्रालाई औपचारिक पूजामा मात्रै सीमित गरिने

काठमाडौं चैत १२ : भक्तपुरमा हरेक वर्ष चैतको अन्तिम साताबाट शुरु भई नयाँ वर्षको पहिलो हप्तासम्म चल्ने  बिस्केट जात्रा पूजाआजामा मात्र सीमित हुने भ....

बिस्केट जात्रालाई औपचारिक पूजामा मात्रै सीमित गरिने

काठमाडौं चैत १२ : भक्तपुरमा हरेक वर्ष चैतको अन्तिम साताबाट शुरु भई नयाँ वर्षको पहिलो हप्तासम्म चल्ने  बिस्केट जात्रा पूजाआजामा मात्र सीमित हुने भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राख्दै पूजामा मात्र गरिने जात्रा सञ्चालन कार्यदलले जनाएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले यो वर्षको बिस्केटको मुल जात्रा तथा टोल टोलमा हुने तिप्वा जात्रा, खः ल्वाकेगु जात्रा, द्यो स्वगं वियगु जात्रालगायतका अन्य जात्राहरु औपचारिक पूजाआजामा सीमित गर्न सर्वसाधारणमा आग्रह गर्ने निर्णय गरेको हो।

 

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्