Kathmandu Press

नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिमा दिगो सिँचाइ प्रवर्धनसम्बन्धी सम्मेलन अप्रिल २२ देखि

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्था र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) सँगको सहकार्यमा यही अप्रिल २२ देखि २६ तारिखसम्म सम्मेलनको आयोजना गर्न लागिएको जनाएको हो।
नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिमा दिगो सिँचाइ प्रवर्धनसम्बन्धी सम्मेलन अप्रिल २२ देखि

काठमाडाैं, वैशाख ७ : नवीकरणीय ऊर्जाको माध्यमबाट कृषिका लागि दिगो सिँचाइ प्रवर्धनसम्बन्धी राष्ट्रिय, क्षेत्रीय एवं अन्तराष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्था र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) सँगको सहकार्यमा यही अप्रिल २२ देखि २६ तारिखसम्म सम्मेलनको आयोजना गर्न लागिएको जनाएको हो।

Hardik ivf

सम्मेलनका क्रममा सौर्य सिचाइ सम्बन्धी राष्ट्रिय विज्ञान नीति सम्वाद, हिन्दुकुश शिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग वृद्धिसम्बन्धी क्षेत्रीय सम्मेलन र सामाजिक रुपमा समावेशी सौर्य सिँचाइ प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीतिको आयोजना हुने केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए।

नविकरणीय ऊर्जाले वातावरणीय चूनौतिहरुबाट उत्पन्न समस्याहरुको सामना गर्न  र हिमाली, तराई र पहाडी क्षेत्रमा कृषि उत्पादकत्व बृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। नेपालमा हालको सिचाइ मागलाई सम्बोधन गर्न आठ सय देखि १३ सय मेगावाट बराबरको नवीकरणीय ऊर्जाको आवश्यकता रहेको ढकालले बताए।

सम्मेलनले नवीकरणीय ऊर्जाको मध्यमबाट कृषि र सिचाई प्रणालीहरुमा जलवायु उत्थानशीलता वृद्धिका लागि सामूहिक छलफल गरी आवश्यक रणनीति निर्माण गर्न सघाउ पुग्ने केन्द्रको विश्वास छ।

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, वैशाख ७, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्