Kathmandu Press

दिल्ली जाँदै गरेका १९ महिला सीमा नाकाबाट फिर्ता

राँझा, फागुन १३ : नेपालगञ्ज नाकाबाट भारततर्फ जादै गरेका १९ जनालाई फिर्ता गरिएको छ । उनीहरु सबै महिला रहेका छन् ।

नेपालगञ्जबाट दिल्ली जाने बस....

दिल्ली जाँदै गरेका १९ महिला सीमा नाकाबाट फिर्ता

राँझा, फागुन १३ : नेपालगञ्ज नाकाबाट भारततर्फ जादै गरेका १९ जनालाई फिर्ता गरिएको छ । उनीहरु सबै महिला रहेका छन् ।

नेपालगञ्जबाट दिल्ली जाने बसमा सवार उनीहरुलाई सीमाक्षेत्र जमुनाहबाट फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज वसन्त बस्नेतले बताए ।

उनका अनुसार शुक्रबार राति १० र शनिबार राति नौ जना गरी १९ जनालाई फिर्ता गरिएको हो । “दिल्ली जाने बसमा जाँच गर्दा शङ्का लागेपछि माइती नेपाल र साना हात संस्थासँगको सहकार्यमा सोधपुछ र परामर्शका लागि रोक्ने गरेका छौँ,” इञ्चार्ज बस्नेतले भने, “कतिपयले खाडीमुलुक र इराक जानेसम्मका कुरा गरेकाले आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाउने गरेका छौँ ।”

सीमा नाकाबाट फिर्ता हुनेमा मोरङ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, गुल्मीका महिला रहेका छन् ।

उनीहरुलाई माइती नेपालको नेपालगञ्जस्थित कार्यालयमा राखेर परामर्श र पारिवारिक पुनरमिलनको लागि पहल भइरहेको माइती नेपालका संयोजक केशवराज कोइरालाले बताए । “विभिन्न जिल्लाका महिला दाङ पुगेर दिल्लीको बस चढ्नु आफैँमा शङ्कास्पद कुरा हो, त्यसैले हामीले उहाँहरुलाई रोकेर परामर्श गरिरहेका छौँ,” कोइरालाले भने, “परामर्शपछि धेरैजसोले आफ्नो यथार्थता बताइसक्नुभएको छ, उहाँको परिवारसँग सम्पर्क गरी जिम्मा लगाउँछौं।”

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, फागुन १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्