Kathmandu Press

मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गर्न एमाले तयार

एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि एकीकृत समाजवादीले राजनीतिक सत्ता गठबन्धनको समीकरण परिवर्तनको संकेत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादीलाई समर्थन तयार भएका हुन्। 
मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गर्न एमाले तयार

काठमाडौं, वैशाख ६ : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई समर्थन गर्न एमाले तयार भएको छ। 

एमालेले सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि एकीकृत समाजवादीले राजनीतिक सत्ता गठबन्धनको समीकरण परिवर्तनको संकेत गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादीलाई समर्थन तयार भएका हुन्। 
एमालेले सोडारीलाई समर्थन गरी विश्वासको मत दिने पत्र पठाइसकेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। 

Hardik ivf

उनले भने, ‘नेकपा एमाले सकारात्मक रुपमा आएको छ। एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरी विश्वासको मत दिन भनि एमालेले पत्र पठाइसकेपछि अहिले गठबन्धन दलका नेताहरु मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयमा जम्मा भएका छन्।’ केन्द्रीय समीकरण अनुसार नै सोडारी मुख्यमन्त्री बन्ने भएपछि कांग्रेस ‘ब्याक’ भएको छ। 

यसअघि एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर योजनामा एकीकृत समाजवादी थियो। समाजवादीले एमालेलाई बिहीबार दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको थियो। 

केन्द्रीय सत्ता समीकरण भत्कने भयले एमाले अध्यक्ष ओलीले समाजवादीलाई ग्रीन सिग्नल दिएका हुन्। सुदूरपश्चिमका प्रदेश प्रमुखले दिएको समयसीमा बिहीबार ५ बजे सकिँदै छ। ५ बजेसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने छ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ। 
०००
 

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, वैशाख ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्