Kathmandu Press

कोरोना संक्रमित युवतीसँग कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

महोत्तरी, चैत १२ : गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन्। सो विमानबाट आउनेमा ११ जना मह....

कोरोना संक्रमित युवतीसँग कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

महोत्तरी, चैत १२ : गत शुक्रबार (चैत– ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन्। सो विमानबाट आउनेमा ११ जना महोत्तरीका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।  

अन्य ६ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ। सम्पर्कमा आएका पाँचै जनाको अवस्था सामान्य  छ। सोही विमानबाट आएकी एक युवतीमा कोभिड–१९ पुष्टि भएपछि अन्य यात्रीको खोजी तीव्र रुपमा थालिएको हो।

यसैबीच  बाहिर देशबाट घर फर्केकाहरुलाई राख्न धमाधम क्वारेन्टाइन तयार गरिएका छन् । जिल्ला सदरमुकाम जलेश्वरमा २०, पिपरामा १५ र बर्दिवासमा २४ शैया तयार भएको प्रजिअ खत्रीको भनाइ छ। जिल्लाका १५ वटै स्थानीय तहमा क्वारेन्टाइन स्थापनाका लागि काम भइरहेका छन्। यसअघि भारतको कोलकाताबाट फर्केका पाँच जना पनि बर्दिवासमा आआफ्नै घरमा क्वारेन्टाइनमा रहेका छन्।

जिल्लाका ११ भारतीय सीमा नाका गत आइतबार नै बन्द गरिएका छन्। त्यसै गरी बजार पनि बन्द गरिएका छन्। सरकारको ‘लकडाउन’ को पूर्ण परिपालनामा भने अझै समस्या छ। यसैबीच प्रदेश नं २ सरकारले ‘लकडाउन’को पूर्ण परिपालना गराउन नेपाली सेनासहित सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ।

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्