Kathmandu Press

च्याम्राङबेंशीमा जेष्ठ नागरिक, एकल महिलालाई सम्मान, विद्यार्थीलाई पोशाक वितरण

च्याम्राङबेंशीमा जेष्ठ नागरिक, एकल महिलालाई सम्मान, विद्यार्थीलाई पोशाक वितरण
Hardik ivfHardik ivf

काभ्रे, वैशाख ५ : बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङबेंशीमा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। सो अवसरमा विद्यार्थीहरूलाई पोशाक वितरण गरिनुका साथै विविध साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो।

वडा नं. १ को आयोजना, चक्रेश्वर मावि, भैरव मावि, चन्देवी प्रावि, त्रिवेणी प्रावि, बाघभैरव प्राविको समन्वय र राष्ट्रिय वाणिज्य बैंक, लायन्स क्लब अफ काभ्रे शंखु तथा लायन्स क्बव अफ काठमाडौं एन्जलको सौजन्यमा कार्यक्रम भएको हो।

कार्यक्रममा वडा भित्रका ३५० विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको थियो भने करिब १४८ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

ECKuBCtt-1713363615.jpeg

जेष्ठ नागरिक सामाजिक र सांस्कृतिक रूपले समाजका जीवित इतिहास भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए। उनले जेष्ठ नागरिक अनुभव, भोगाई र पुस्तान्तरणका लागि खुल्ला विश्वविद्यालय भएकोले उनीहरूको उच्च सम्मान गर्न र आवश्यक परेको खण्डमा सहयोग गर्न राज्यका सबै तहका सरकार लाग्नु पर्ने बताए।

दायित्वको हिसाबले जेष्ठ नागरिकप्रति राज्यको मात्र दायित्व नभई सन्तानले पनि उचित पालन पोषण गर्नु पर्ने कुरामा जोड दिँदै अध्यक्ष अधिकारीले हरेक आमाबुबाको पहिलो प्राथमिकता पनि परिवारसंँगै रहने हुन्छ भन्ने मनोविज्ञानलाई सम्मान गर्न वर्तमान पुस्तालाई आग्रह गरे।

यस्तै उपाध्यक्ष तारा राना तिमल्सिनाले ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण वा विकासमा विशेष व्यवस्था गर्ने कुरालाई नेपालको संविधानले प्रष्ट व्याख्या गरेको बताइन्। उहाँले  असहाय वृद्धहरूलाई राज्यले हेरचाह गर्ने कुरा स्मरण गर्दै अग्रजको सम्मान भनेको जीवनभर संगालेको ज्ञान, बुद्धि र अनुभवलाईसमेत सम्मान गरेको ठहरिने हुँदा वडा परिवारलाई धन्यवाद दिइन्।

FeLCBK0I-1713363616.jpeg

कार्यक्रममा वडाध्यक्ष मधुसुधन तिमल्सिनाले पूर्वाधार विकाससँगै मानव जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका कुराहरूलाई पनि सँगै लैजान सके समुन्न समाज निर्माणको अवधारणा पर नरहेको बताए। उनले कार्यक्रम सम्पन्न पार्न सहयोग गर्नुहुने सबिता न्यौपाने दाहाल लगायत सबैलाई धन्यवाद दिँदै घर परिवार, समाज, राष्ट्रमा ज्येष्ठ नागरिक मैत्री वातावरण बनाउन वडास्तरबाटै कार्य गर्दै जानु पर्नेमा जोड दिए।

लायन्स क्वल अफ काठमाण्डौं एन्जल डिस्टीक ३२५ जी का कोषाध्यक्ष अग्नी विलास अधिकारीले सेवा भावले लायन्स सदैव अघि बढ्ने हुँदा दुर्गम क्षेत्रमा आइ आफूहरूले सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे।

प्रकाशित मिति: २०:०५ बजे, बुधबार, वैशाख ५, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्