Kathmandu Press

कामनपा २६ का अरुण थापा सम्मानित

कामनपा २६ का अरुण थापा सम्मानित

काठमाडौं, वैशाख ५ : सामाखुशी टोल सुधार समिति र सामखुशी युवा क्लवले काठामाडौं महानगरपालिका वडा नम्वर २६ का अगुवालाई सम्मान गरेको छ।  

बुधबार विहान सामाखुशीको चिल्ड्रेन पार्कमा आयोजित कार्यक्रममा वडावासी अरुणबहादुर थापालाई सम्मान गरिएको हो। उक्त कार्यक्रममा सामाखुशी टोल सुधार समितिको नयाँ भवन र निशुल्क दन्त चिकित्सा सेवाको पनि उद्घाटन गरिएको थियो।

7C8Ntq-b-1713345191.jpeg

सांसद प्रदिप पौडेलले उक्त भवनको उद्घाटन गरेका थिए। भवन निर्माण समिति अध्यक्ष रामशरण पाण्डेले नयाँ भवन निर्माणसँगै स्थानीयले बहुउपयोगी भवन पाएको बताए।

कार्यक्रममा कामनपा २६का वडा अध्यक्ष ख्यामराज तिवारी र क्लवका अध्यक्ष दिपेन्द्र केसी पनि सहभागि थिए ।

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, वैशाख ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्