मधेस प्रदेशका वन मन्त्री कुर्मीले बुझाए राजीनामा
कुर्मी लोसपाबाट मधेस प्रदेश सरकारमा मन्त्री थिए। मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने लोसपाको निर्णयपछि कुर्मीले राजीनामा दिएका हुन्।
काठमाडौं, वैशाख ४ : मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।
कुर्मी लोसपाबाट मधेस प्रदेश सरकारमा मन्त्री थिए। मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने लोसपाको निर्णयपछि कुर्मीले राजीनामा दिएका हुन्। प्रदेश सभामा आजै मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारीमा छन्।
प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, वैशाख ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












