Kathmandu Press

‘प्रत्येकले आफ्नो कमाइको १० प्रतिशत बाबुआमालाई छुट्याउनुपर्छ’

‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो। अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छु’ उनले भनिन्।
‘प्रत्येकले आफ्नो कमाइको १० प्रतिशत बाबुआमालाई छुट्याउनुपर्छ’

सुनसरी, वैशाख ४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताएकी छिन्। 

सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो। अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छु’ उनले भनिन्।

Hardik ivf

ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताइन्। सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरिन्। 
त्यस्तै अपंगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताइन्। त्यस्तै कतिपय अपांगता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन्।

राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीले बताइन्। मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताउँदै उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको भन्दै बताइन्। 

महिला मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद् अन्तर्गत धेरै गैर सरकारी संस्थाहरू रहने व्यवस्था रहेको भन्दै उनले ती संघ संस्थाहरूले पछाडि परेका, सीमान्तकृत, समाजमा आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको पक्षमा काम गर्दै आएको समेत बताइन्।

यसैगरी मन्त्री चौधरीले ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत राजनीति सहभागिताको व्यवस्था भएपनि सामाजिक रूपमा अन्य विभिन्न सामाजिक संघसंस्थाहरूमा, सेना, प्रहरीमा अझै पनि ३३ प्रतिशत सहभागिता पुग्न नसकेको बताइन्। स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी उपप्रमुखरउपाध्यक्षलाई दिइएको भन्दै उनले बजेट निर्माण प्रक्रियामा पनि उत्तिकै भूमिका हुनुपर्ने बताइन्। 

देशैभरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न कतिपय कानुनमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले अझै पनि महिला, अपांगता भएका व्यक्तिहरूमाथि गम्भीर प्रकृतिका अपराध हुँने गरेको बताइन्।

यसैबीच मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरेकी छिन्। मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रमका बीच १२० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गरेकी हुन्।
 

प्रकाशित मिति: १५:४६ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्