Kathmandu Press

लक्ष्मणकिशोरलाई दिएको समर्थनबाट एकीकृत समाजवादी पछि हट्यो 

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्।
लक्ष्मणकिशोरलाई दिएको समर्थनबाट एकीकृत समाजवादी पछि हट्यो 

काठमाडौं, वैशाख ४ : नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थनबाट पछि हटेको छ। 

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्।

Hardik ivf

एकीकृत समाजवादीको निर्णयसँगै मुख्यमन्त्री नियुक्तिका लागि राजनीतिक समिकरणमा पुनः फेरबदल हुने संभावना देखिएको छ।

कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा उन्मुक्ति पार्टीकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। 

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, वैशाख ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्