Kathmandu Press

विदेशमा रहेका नेपाली फर्कन पाउनुपर्छ भन्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाई हुने

काठमाडौं, चैत १२ : विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज (बुधबार) सुनुवाई हुने भएको छ। सर्वोच....

विदेशमा रहेका नेपाली फर्कन पाउनुपर्छ भन्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाई हुने

काठमाडौं, चैत १२ : विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज (बुधबार) सुनुवाई हुने भएको छ। सर्वोच्चका न्यायाधीशहरू टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्नेछन् ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथामका लागि सरकारले सम्पूर्ण सीमानाका बन्द गरि मंगलबारदेखि देश नै लकडाउन गरेको थियो। तर, विदेशमा रहेका अझ भारतमा रहेका नेपालहरू अलपत्र परेको र सरकारले नेपाली नागरिकलाई पनि गैरनागरिक जस्तो व्यवहार गरेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर भएको थियो। 

जुनसुकै देशमा भएका नेपाली स्वदेश फर्कन चाहेमा रोक्न नहुने भन्दै अन्तरिम आदेशको मागसमेत गरिएको छ ।

अधिवक्ताहरु मीरा खड्का बस्नेत र माधव बस्नेतले संकटकाल घोषणा नभएको अवस्थामा नागरिकका मौलिक हक, मानव अधिकारलगायतका अधिकारहरू निलम्बन हुन नसक्ने भन्दै रिट दायर गरेका थिए। 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना नियन्त्रणका लागि गठित उच्चस्तरिय समन्वय समिति, मानव अधिकार आयोग, परराष्ट्र, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य मन्त्रालय र अध्यागमन विभागलाई विपक्षी बनाएका छन्।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, चैत १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्