कोरोना विशेष अस्पतालमा मृत्यु भएको युवकमा कोरोना संक्रमण नभएको पुष्टि
काठमाडौं, चैत १२ : चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। वीरगञ्ज घर भएका ३....

काठमाडौं, चैत १२ : चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मंगलबार मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। वीरगञ्ज घर भएका ३० वर्षीय सन्तोष यादवको 'अटो इम्युज डिजिज'को कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले बताए।
मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएका यादवको स्वाबको नमूना परीक्षणको लागि सोमबार नै टेकु अस्पताल पठाइएको थियो। अधिकारीका अनुसार उनको ‘थ्रोट स्वाब’ परीक्षणको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। यादब केही वर्षअघिदेखि नै मिर्गौला लुपुस रोगबाट ग्रसित थिए।
ज्वरो र निमोनिया देखिएपछि उनलाई कोरोनाको आशंकामा चितवन मेडिकल कलेजले आइतबार राति नै कोरोना विशेष अस्पताल रेफर गरेको थियो।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

