Kathmandu Press

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उद्धृत गर्दै गाडीलाई तीव्र वेगको पानीले बगाएपछि गाडीमा सवार उनीहरूको मृत्यु भएको जनाएको छ। 
ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु
Hardik ivfHardik ivf

दोहा, वैशाख ३ : ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको  ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ।

ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उद्धृत गर्दै गाडीलाई तीव्र वेगको पानीले बगाएपछि गाडीमा सवार उनीहरूको मृत्यु भएको जनाएको छ। 

मृतकमध्ये दुई जना वयस्क, नौ विद्यार्थी र एक जना विदेशी नागरिक रहेको रिपोर्टमा जनाइएको छ। उत्तरी ए’शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको।  

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, वैशाख ३, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्