मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते
मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए।मकवानपुर, वैशाख ३ : मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।
मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए।
आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो। स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए।
मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएको थियो।
प्रकाशित मिति: १३:१६ बजे, सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई अन्तर्गत नेपालले ऋण लिँदैन : मन्त्री गुरुङ मंगलबार, मंसिर ११, २०८१
यू–१९ एसिया कपका लागि नेपाली टिमको बदाईमंगलबार, मंसिर ११, २०८१
रास्वपा सांसद र नेताविरुद्ध अवहेलना मुद्दाको सुनुवाई सकियो, आदेश आउँदै मंगलबार, मंसिर ११, २०८१
सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्ति गर्न परिषद बैठक मंगलबार, मंसिर ११, २०८१