Kathmandu Press

सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने कांग्रेसकाे निर्णय

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले त्यस्ताे निर्णय गरेको हो। 
सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने कांग्रेसकाे निर्णय

धनगढी, वैशाख ३ : कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको छ। लक्ष्मणकिशोर रेशम चौधरी पक्षका सांसद हुन्।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा सोमबार बिहान बसेको संसदीय दलको बैठकले त्यस्ताे निर्णय गरेको हो। 

Hardik ivf

कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

नाउपाकै कैलाश चौधरीले पनि आइतबार नै एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। कैलाश नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन्।

एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श लिएर अघि बढ्रने तयारी गरेका छन्।

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, वैशाख ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्