Kathmandu Press

प्रदेश सांसद गिरीलाई पदमुक्त गर्ने निर्णयमाथि सर्वोच्चको रोक

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा तत्कालिका लागि काम कारबाही गर्न रोक नलगाउन आइतबार अल्पकालिन अन्तरिम आदेश दिएको हो।
प्रदेश सांसद गिरीलाई पदमुक्त गर्ने निर्णयमाथि सर्वोच्चको रोक
Hardik ivf

काठमाडौं, वैशाख २ : नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा तत्कालिका लागि काम कारबाही गर्न रोक नलगाउन आइतबार अल्पकालिन अन्तरिम आदेश दिएको हो। गत चैत २६ गते सभामुख प्रदेश भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरी पदमुक्त हुने सूचना निकालेको थियो।

सरकारलाई लिएर आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाएकी थिइन्। सर्वोच्चको आदेशले सांसद गिरीलाई फिर्ता बोलाउने पत्र तत्कालका लागि रोकिएको छ। उक्त प्रकरणमा सर्वोच्चले दुबै पक्षलाई छलफलमा समेत डाकेको छ। 
 

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्