सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नाउपाबाटै दोहोरो दाबी
यसअघि कांग्रेस, राप्रपा र एकिृत समाजवादीसहितको समर्थनमा नाउपाकै प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले पनि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
काठमाडौं, वैशाख २ : सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि दोहोरो दाबी परेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै तर्फबाट कैलाश चौधरी पक्षले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ।
मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन्।
उनले नाउपा, नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्रसहितका सांसदको समर्थन रहेको दाबी गरेका छन्।
यसअघि कांग्रेस, राप्रपा र एकिृत समाजवादीसहितको समर्थनमा नाउपाकै प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले पनि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। एकीकृत समाजवादीको समेत समर्थन रहेको दाबी कैलाश चौधरी पक्षधरले गरेको छ।
एउटै पार्टीबाट दुईतर्फी दाबी परेपछि मुख्यमन्त्री नजिर मियाँले कानुनी छलफल गरेर निर्णय गर्ने बताएका छन्। बुझिएको छ।
प्रकाशित मिति: १६:३३ बजे, आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार