Kathmandu Press

अमेरिकासँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण : रक्षामन्त्री पोखरेल

काठमाडौं, फागुन १३ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले अमेरिकासँगको सम्बन्धलाई अत्यन्त महत्वका साथ लिँदै आएको बताएका छन् ।

ने....

अमेरिकासँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण : रक्षामन्त्री पोखरेल

काठमाडौं, फागुन १३ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले अमेरिकासँगको सम्बन्धलाई अत्यन्त महत्वका साथ लिँदै आएको बताएका छन् ।

नेपाल भ्रमणमा आएका अमेरिकी डेपुटी असिस्टेन्ट सेक्रेटरी जोसेफ एच फेल्टरसँग आफ्नै कार्यकक्षमा भएको भेटमा उनले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले नेपाल र संयुक्त राज्य अमेरिकाबीच लामो समयदेखि घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै भने, “नेपालको दोस्रो कूटनीतिक सम्बन्ध कायम भएको मुलुक हो– संयुक्त राज्य अमेरिका । अमेरिकाले नेपालको आर्थिक र सामाजिक विकासका महत्वपूर्ण पूर्वाधार तथा संरचनाहरू निर्माण गर्न निरन्तर पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद ।”

रक्षामन्त्री पोखरेलले ०७२ मा गएको विनाशकारी भूकम्पका बेलामा अमेरिकी जनता र सरकारले नेपाललाई उपलब्ध गराएको अमूल्य सहयोग अविस्मरणीय रहेको बताएको उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपालमा ठूलो राजनीतिक संघर्षपछि राजनीतिक प्रणाली परिवर्तन भई लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको र तदनुरूप कानून तथा संरचनाहरूमा आवश्यक परिवर्तन गरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न वर्तमान सरकार क्रियाशील छ,” रक्षामन्त्रीको भनाइ उद्दृत् गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, “संक्रमणको यो घडीमा नेपालले संयुक्त राज्य अमेरिकालगायतका सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा राखेको छ ।”

नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न स्थानहरूमा शान्तिसेना खटाई अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा उल्लेखनीय योगदान गर्दै आएको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “भविष्यमा नेपाली सेनालाई शान्ति स्थापना कार्यमा प्रभावकारी योगदान गर्न सक्षम तुल्याउन अमेरिका सरकारबाट उपलब्ध हुने सहायता महत्वपूर्ण र उपयोगी हुने छ ।”

प्रकाशित मिति: १३:५० बजे, सोमबार, फागुन १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्