Kathmandu Press

सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल समक्ष बुझाइयो 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सकेर फाइल प्रमुख जिल्ला न्यायाधीवक्ता मुक्तिराम सुवेदी समक्ष पश गरेको हो। सरकारी वकील कार्यालयले फाइलमा अध्ययन गरिरहेको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल समक्ष बुझाइयो 
Hardik ivf

बुटवल, बैशाख २ : बुटवलको सुप्रिम सहकारी ठगीमा परेको जाहेरी अनुरुप प्रहरीले अनुसन्धान सकेर शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सकेर फाइल प्रमुख जिल्ला न्यायाधीवक्ता मुक्तिराम सुवेदी समक्ष पश गरेको हो। सरकारी वकील कार्यालयले फाइलमा अध्ययन गरिरहेको छ। फाइल अध्ययनपछि प्रतिबादी किटन गरेर मुद्दा चलाउने तयारी भएको जनाइएको छ। सहकारी ठगीमा ६ करोड १ लाख बिगो दाबी गर्दै २८ जनालाई प्रतिवादी बनाएर प्रहरीले आफ्नो प्रतिवेदन पेश गरेको हो। 

सुप्रिम सहकारी ठगी प्रकरणमा संस्थापक जीबी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओम प्रकास गुरुङ, दिपेश कुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भविश्वर अर्याल, आशिस अनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राजभण्डारी, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, कबिता तामाङ, भुपेन्द्र राई, हेमन्त अधिकारी, नबिन अछामीलगायतलाई प्रतिवादी बनाउन माग गर्दै प्रहरीले सरकारी वकील समक्ष फाइल बुझाएको हो। जीबीसहित थुप्रै व्यक्तिलाई फरार जनाउँदै प्रहरीले अदालतबाट पक्राउ पुर्जि जारी गर्न माग गरेको छ। 
 

प्रकाशित मिति: १५:१० बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्