Kathmandu Press

सलमानको निवासबाहिर हवाई फायरिङ

आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन्। यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ।
सलमानको निवासबाहिर हवाई फायरिङ
Hardik ivfHardik ivf

मुम्बई, वैशाख २ : अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ।

आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन्। यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ।

अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ। अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौं पटक ज्यानको धम्की दिइसकेको छ। त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्