Kathmandu Press

जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका  थिए।
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा, वैशाख २ : जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका  थिए।

Hardik ivf

सोही जाहेरीको आधारमा उनलाई शनिबार साँझ बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले बताए। गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ आकर्षण हुनेगरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको उनले जानकारी दिए।  

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा एमाले हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौँच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको पोर्तेलको आरोप छ। पक्राउ गरिएका गिरीलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए।  

पोर्तेल नेपाल उत्पीडित जातीयमुक्ति समाजका केन्द्रीय सचिव, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा छन्। केही दिन नेपाल दलित सङ्घ, मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन, दलित जागरण अभियान र ओरिफ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका थिए। 

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, वैशाख २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्