धनुषाको गहुँ खेतमा भेटियाे महिलाको शव, हत्याकाे आशंका
घटनास्थलको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डग टोली आउन लागेको बताइएको छ।
जनकपुरधाम, वैशाख २ : धनुषाको सहिदनगरस्थित गहुँ खेतमा महिलाको शव भेटिएको छ।
धनुषाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डलको शव धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित गहुँ खेतमा भेटएिको हो। ननुपट्टी उनको माइती गाउँ भएको र त्यहाँ आएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन रहेको र भोलिपल्ट बिहान सवा ९ बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
शरीरको विभिन्न भागमा घाउचोट देखिएकाले कसैले उनको हत्या गरेर गहुँ खेतमा फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
घटनास्थलको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डग टोली आउन लागेको बताइएको छ।
प्रकाशित मिति: १२:५५ बजे, आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)