सरकारको केन्द्रीय कोषमा एनसेलले जम्मा गरिदियो १० करोड रुपैयाँ
काठमाडौं, चैत ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले ....

काठमाडौं, चैत ११ : सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ जम्मा गरिदिएको छ।
यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सचिव बिडारीले सरकारको प्रयासमा एनसेल जस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय रहेको र सहयोगले सेवा प्रवाहमा ठूलो भूमिका खेल्ने बताए।
.jpg)
एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डीले एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको र सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड सहयोग त्यसकै निरन्तरता भएको बताए।
स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्याउँदै आएको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

