Kathmandu Press

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आम माफी दिइएको हो। 
नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

काठमाडाैं, वैशाख १ : श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आम माफी दिएका छन्। 

यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आम माफी दिइएको हो। 

Hardik ivf

कारागारका एक अधिकारीले एएफपीलाई बताएअनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काकोे कारागारमा भीडभाड रहेकोमा सयौँको सजाय माफी भएपछि कारगारभित्रको भीड कम भएको छ।

शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए। श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

प्रकाशित मिति: १५:४१ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्