कतार एयरवेजमा सवार १२५ को पहिचान खुल्यो, बाँकीको अनुसन्धान हुँदै
काठमाडौं, चैत ११ः फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना भाइरस पुष्टि भएपछि नेपालमा त्रास बढेको छ। ती युवतीलाई कोरोना पुष्टि भएपछि उनीसँग ....
काठमाडौं, चैत ११ः फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोना भाइरस पुष्टि भएपछि नेपालमा त्रास बढेको छ। ती युवतीलाई कोरोना पुष्टि भएपछि उनीसँग सरकारले सोमबार बेलुका मंगलबार देखि लागु हुने गरी एक साताका लागि लक डाउन गर्ने निर्णय समेत गरिसकेको छ।
ती युवतीका आफन्त र उनको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइनमा राखिसकिएको छ। अहिले ती युवती नेपाल आउँदाको फ्लाइटमा को–को थिए? भन्ने खोजी कार्य भइरहेको छ। कोरोना संक्रमित १९ वर्षीय नेपाली युवती कतार एयरवेजको जहाजबाट चैत ४ (मार्च १)मा नेपाल आएकी थिइन्।
उनी जहाज क्यूआरर ६५२ जहाजमा नेपाल आएकी थिइन्। त्यो जाहाजमा कुल १९८ जना यात्रु रहेको पत्ता लागेको छ। उनीहरुको अहिले पासपोर्टको कपी लिएर अनुसन्धान गरिरहेको छ। जस मध्ये १२५ जनाको नाम, थर र ठेगना पत्ता लागेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। बाँकी ३३ जनाको खोजी गर्ने काम भइरहेको उनको भनाइ छ। ‘उनीसँगै १५८ जना उक्त फ्लाइटमा आउनुभएको रहेछ। १२५ जनाको नाम, ठेगाना पत्ता लागिसकेको छ,’ क्षेत्रीले काठमाडौं प्रेससँग भने, ‘बाँकीको हकमा अनसुन्धान भइरहेको छ।’
अहिले १२५ जनाको जिल्ला प्रशासन कार्यालयहरु मार्फत खोजी कार्य भइरहेको छ। ‘सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत खोजी गरेर उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्न लगाइने छ,’ उनले भने, ‘सेल्फ क्वारेइन्टाइनमा बसेका अरुको स्थानीय स्वास्थ्यकर्मीले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।’ उनीहरुलाई कोरोनाको लक्षण देखिए आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था सरकारले मिलाउने बताइएको छ।