Kathmandu Press

कोरोनाबारे भ्रम फैलाउने इसाई धर्मगुरु पक्राउ

पोखरा, चैत ११ : कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक  धर्मगुरुलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको ....

कोरोनाबारे भ्रम फैलाउने इसाई धर्मगुरु पक्राउ

पोखरा, चैत ११ : कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक  धर्मगुरुलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ।  जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यले इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोनाबारे भ्रम फैलाएको बताए। आचार्यले केही दिनअघि पोखरा आसपासका सुकुम्बासी बस्तीमा पुगेर  'कोरोना मरिजा येशुको नाममा' भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। विपद्का बेला अनेक प्रचारबाजी हुने भएकाले संयम अपनाएर घरभित्रै बस्न र  भ्रामक कुराको पछि नलाग्न कास्की प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्