लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन्।
काठमाडौं, चैत ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन्।
विश्वासकाे मत लिन शुक्रबार बसेको प्रदेशसभामा उनले एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद एक सांसदकाे मत पाए। ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन्।
मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा २८ मत परेको छ। कांग्रेस र जनमत पार्टीले विपक्षमा मतदान गरेका थिए।
तीन सांसद भएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्यो। तीन सांसद भएकाे लोकतान्त्रिक समाजवादी पार्टी अनुपस्थित रह्याे।
प्रदेश प्रमुख अमिक शेरचनले महरालाई चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार