Kathmandu Press

अलपत्र यात्रुको उद्दार गर्न कर्णाली सरकारले सुरू गर्‍यो हटलाइन सेवा

वीरेन्द्रनगर, चैत ११ : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएसँगै बीच बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकार....

अलपत्र यात्रुको उद्दार गर्न कर्णाली सरकारले सुरू गर्‍यो हटलाइन सेवा
सांकेतिक

वीरेन्द्रनगर, चैत ११ : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएसँगै बीच बाटोमा अलपत्र यात्रुको उद्धारका लागि कर्णाली प्रदेश सरकारले नि:शुल्क हटलाइन सेवा सुरु गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा मंगलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयमा हटलाइन कक्ष रहने गरी १११० नम्बरको हटलाइन सेवा सुरू गर्ने निर्णय गरेको हो।

घर फर्कने उद्देश्यले यात्रा सुरू गरी  लक डाउनका कारण बाटोमा अलपत्र रहेका कर्णाली प्रदेशभित्रका नागरिकहरुले यो सेवाको उपयोग गरी सरकारलाई आफ्नो अवस्थाबारे जानकारी दिन सक्ने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए।

मन्त्री रावलका अनुसार हटलाइनमा प्राप्त सूचनाका आधारमा सरकारले यातायातको प्रवन्ध गरी अलपत्र यात्रुको उद्धार गर्ने, उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने तथा स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइनमा राख्नु पर्नेलाई क्वारेन्टाइनमा राख्ने र बाँकीलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था गर्नेछ।

रोजगारीका लागि भारत गएका कर्णाली प्रदेशका अधिकांश नागरिक फर्कने क्रममा बीच बाटोमा अलपत्र परेको गुणासो प्राप्त भएपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको बताइएको छ।

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्