निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भने- प्रदेश प्रमुखहरूबाटै संविधान कुल्चिने काम भयाे
‘प्रदेश प्रमुखले संविधान पल्टाउन छाडेको अवस्था छ। आफूखुसी नियुक्ति गर्ने थिति बस्यो,’ उनले भने, ‘मलाई लाग्छ, प्रदेश प्रमुखहरुबाटै संविधान संकटमा पर्ने भयो। प्रदेश प्रमुख संविधानलाई माया गर्ने हुनुपर्छ।’
रुपन्देही, चैत ३० : निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखहरूबाटै संविधान उल्लंघन गर्ने कार्य भएको बताएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले मुख्यमन्त्री नियुक्त गर्ने विषयमा कुनै प्रदेश प्रमुखले सूचना जारी गरेर समय दिने र केही प्रदेशका प्रमुखले सिधै मुख्यमन्त्री नियुक्त गर्ने गरेरे संविधान कुलिचएको बताएका हुन्।
‘प्रदेश प्रमुखले संविधान पल्टाउन छाडेको अवस्था छ। आफूखुसी नियुक्ति गर्ने थिति बस्यो,’ उनले भने, ‘मलाई लाग्छ, प्रदेश प्रमुखहरुबाटै संविधान संकटमा पर्ने भयो। प्रदेश प्रमुख संविधानलाई माया गर्ने हुनुपर्छ।’ चौधरीले संघीयताप्रति प्रदेश सरकार लड्नुपर्ने अवस्था रहेको पनि बताए।
प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(56)-1764919423.jpg)






-1764760320.jpg)