Kathmandu Press

कोरोनाविरुद्ध प्रदेश सरकारको ११ करोड ५० लाख बजेट

काठमाडौं, चैत ११ : कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारको मङ्ग....

कोरोनाविरुद्ध प्रदेश सरकारको ११ करोड ५० लाख बजेट

काठमाडौं, चैत ११ : कोरोना भाइरसको रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारको मङ्गलबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरणसहित उपचार गर्न र तराईका जिल्लामा रहेका  सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा रहेको आइसोलेसशन बेड निर्माणका लागि सो बजेट विनियोजन गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कोरोनाको जोखिम न्यूनीकरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत उपमहानगरपालिकालाई पाँच लाख रुपैयाँ, नगरपालिकालाई चार लाख र गाउँपालिकालाई तीन लाख  रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत प्रदेश सरकारले गरेको छ।

त्यस्तै  बैठकले सुदूरपश्चिम प्रदेशका सीमामा रोकिएका नेपालीको लगत सङ्कलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारलाई बुझाउने र क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।  कोरोना भाइरसको विपद्लाई ध्यानमा राखी प्रदेश राहत कोष व्यवस्थापनमा मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक दिने निर्णय गरिएको पनि प्रमुख स्वकीय सचिव ओलीले जानकारी दिए।

प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्