विश्वासको मत माग्दै मुख्यमन्त्री महराले भने- प्रतिपक्षीलाई पनि साथमा लिएर अघि बढ्छु
माओवादी संसदीय दलका नेतासमेत रहेका महराले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले विश्वासको मत दिएर सरकार सञ्चालनमा सहयोग गर्न अनुराेध गरे।
काठमाडौं, चैत ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन्। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा उनले विश्वासको मत मागेका हुन्।
माओवादी संसदीय दलका नेतासमेत रहेका महराले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले विश्वासको मत दिएर सरकार सञ्चालनमा सहयोग गर्न अनुराेध गरे।
केन्द्रमा सत्ता समीकरण आएपछि भएकाे फेरबदलका कारण तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सत्तापक्ष मात्र होइन, प्रतिपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
सबैबाट प्राप्त आशा र भरोसामा कमी आउन नदिने बताउँदै उनले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार