Kathmandu Press

सुदूरपश्चिमका सांसद घनश्याम चौधरीलाई नाउपाले गर्‍याे निलम्बन

अध्यक्ष रञ्जिताले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरेकाे बताइएकाे छ।
सुदूरपश्चिमका सांसद घनश्याम चौधरीलाई नाउपाले गर्‍याे निलम्बन

कैलाली, चैत ३० : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ।

अध्यक्ष रञ्जिताले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएर चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरेकाे बताइएकाे छ।

प्रदेशसभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटकपटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नदिएकाले निलम्बन गरिएको पत्रमा उल्लेख छ।

यसैबीच शुक्रबार बिहान घनश्याम चाैधरीको अध्यक्षतामा बसेको रेशम चौधरी पक्षका चार जना सांसदको बैठकले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको बताइएकाे छ।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, चैत ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्