Kathmandu Press

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा चाैबिसै घण्टा व्यवसाय सञ्चालन हुने

आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालिन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरुको भनाइ छ।
नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा चाैबिसै घण्टा व्यवसाय सञ्चालन हुने

काठमाडाैं, चैत २९ : वैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सै घण्टा व्यवसाय सञ्चालन हुने भएको छ।

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने जानकारी दिएका हुन्। जिल्ला प्रशासन कार्यालयले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्ने उनीहरुले जनाएका छन्।

Hardik ivf

आर्थिक मन्दीको चपेटामा परेको व्यवसायलाई चलायमान बनाउन र शिथिल अवस्थामा रहेको आर्थिक क्रियाकलापलाई अघि बढाउन पूर्णकालिन व्यवसाय सुरु गर्न लागिएको र यसमा सरकारको धेरै साथ र सहयोग प्राप्त भएको उनीहरुको भनाइ छ। ठमेलको भगवान बहाल क्षेत्रभित्रका व्यवसायीहरुले भने पूर्णकालिन व्यवसाय सञ्चालन गर्न पाउनेछैनन्।

पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूर्णकालिन व्यवसायका कारण आर्थिक गतिविधि चलायमान हुने र थप रोजगारी सिर्जना हुने बताए। ठमेलमा ६० हजारले रोजगारी पाएको र धेरै परिवार यसमा आश्रित रहेको भन्दै उनले सरकारले बनाएको आचारसंहिता अनुसार व्यवस्या सञ्चालन गर्ने धारणा राखे।

त्यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले पूर्णकालिन व्यवसाय सञ्चालन हुँदा साना साना व्यापारिहरुलाई व्यवसायको थप वातावरण बनेको बताए। उनले पूर्णकालिन व्यवसायका लागि आवश्यक सुरक्षा लगाएतका बिषयमा सरकारले प्रतिवद्धता जनाएको जिकिर गरे।

ठमेल र दरबारमार्ग लगायतका क्षेत्रमा पूर्णकालिन व्यवसाय गर्ने विषयमा यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरोकारवाला निकायसँग छलफल गरेका थिए। प्रहरीले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्न प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ।

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्