Kathmandu Press

सिन्धुलीको कमलामाईस्थित एनसेल टावरमा विस्फोट

बुधबार राति करिब १ बजेतिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सिन्धुलीको कमलामाईस्थित एनसेल टावरमा विस्फोट

काठमाडौं, चैत २९ : सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको छ।

बुधबार राति करिब १ बजेतिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

विस्फोटका कारण आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जनाइएकाे छ। विस्फोट भएको ठाउँवरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार विस्फोटमा संलग्न भएकाहरू अहिलेसम्म पक्राउ परेका छैनन्।

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, चैत २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्