सरकारको केन्द्रीय कोषमा निर्माण व्यवसायी महासंघले एक करोड जम्मा गरिदिने
काठमाडौं, चैत्र ११ : नेपाल निर्माण व्यवसायी महासंघले सरकारले गठन गरेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषमा एक करोड रुपैयाँ जम्मा गरिदिने भ....

काठमाडौं, चैत्र ११ : नेपाल निर्माण व्यवसायी महासंघले सरकारले गठन गरेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषमा एक करोड रुपैयाँ जम्मा गरिदिने भएको छ।
निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषको तर्फबाट कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।
यसैबीच, कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत १८ गतेसम्म मुलुक लक डाउन गर्ने सरकारको निर्णयको महासंघले स्वागत गरेको छ।
महासचिव दाहालले सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह पनि गरेका छन्। साथै लक डाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई निर्माण कार्य बन्द गर्न र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ-आफ्नो सचिवालय सरकारको निर्देशन अनुसार बन्द गर्न पनि निर्देशन महासंघले दिएको छ।
महासंघले अहिलेको असहज अवस्थमा समेत अति आवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीहरुलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिन समेत अनुरोध गरेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

