Kathmandu Press

हिमालय एयरलाइन्सको ‘स्टेप टुवार्डस् एजुकेसन’अभियान सुरू

संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुङ्गा बनेको यो अभियानमार्फत विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण प्रदान एयरलायन्सको जनाएको छ।
हिमालय एयरलाइन्सको ‘स्टेप टुवार्डस् एजुकेसन’अभियान सुरू
Hardik ivfHardik ivf

काठमाडाैं, चैत २९ : हिमालय एयरलाइन्सले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियान यो वर्ष पनि चलाएको छ। एयरलायन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो मुख्य उद्देश्यलाई पालना गर्दै प्रयास नेपाललाई सहयोग गरेको हो।

एयरलायन्सले यो अभियान सन् २०१७ देखि सुरु गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुङ्गा बनेको यो अभियानमार्फत  विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण प्रदान एयरलायन्सको जनाएको छ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको यो अभियान एयरलाइन्सले बुधबारबाटै सुरु गरेको हो।

1-1712755020.jpg

अभियानको सुरु गर्दै एयरलायन्सका ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्तालगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी छन्।

‘हिमालय एअरलाइन्समा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोशलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्छौं,’ ब्रान्ड विभाग प्रमुख दलीले भनिन्, ‘हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौं र हाम्रो ूस्टेप टुवार्ड्स एजुकेसनू अभियानको उद्देश्य आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु मात्र होइन, ज्ञान आदानप्रदानका विशिष्ट अनुभवहरू मार्फत बालबालिकाहरूलाई प्रेरित र सशक्तीकरण गर्ने पनि हो।’

2-1712755020.jpg

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन कम्पनीले ले काठमाडौंको सिनामंगलस्थित उड्डयन संग्राहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो।

विपन्न तथा अनाथ बालबालिकाहरूलाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर कम्पनीले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

हिमालयको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिको परोपकारी उद्देश्यलाई कदर गर्दै उड्डयन संग्राहालयले पनि बालबालिकाहरूका लागि निःशुल्क प्रवेशसँगै भ्रमणका दौरान उत्कृष्ट मार्गदर्शनको व्यवस्थासहित सहयोग गरेकको कम्पनीले उल्लेख गरेको छ।

4-1712755019.jpg

हिमालय एयरलाइन्स् नेपाल–तिब्बतबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्। एयरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू– संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: १९:०६ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्