Kathmandu Press

कोरोना विशेष अस्पतालमा मृत्यु भएको युवक मिर्गौला र लुपस रोगबाट ग्रसित

काठमाडौं, चैत ११ : कोरोना विशेष अस्पतालमा उपचाररत ३० वर्षीय युवक मिर्गौला र लुपस रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. भ....

कोरोना विशेष अस्पतालमा मृत्यु भएको युवक मिर्गौला र लुपस रोगबाट ग्रसित

काठमाडौं, चैत ११ : कोरोना विशेष अस्पतालमा उपचाररत ३० वर्षीय युवक मिर्गौला र लुपस रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्ति जारी गर्दै युवक मिर्गौला र लुपसका विरामी रहेका बताएका हुन्।

केही दिनअघि ज्वरो आएको कारण युवक चितवन मेडिकल कलेजमा भर्ना भएका थिए। पछि ज्वरोसँगै रुघाखोकीले ग्रसित बनाउन थालेपछि मेडिकल कलेजले उनलाई कोरोना विशेष अस्पतालमा रिफर गरेको थियो। 

युवकको मृत्यु भएपछि कोरोनाको आशंकामा नाक र घाँटीको स्वावको नमुना परीक्षणका लागि पठाइएको छ। स्वावको रिपोर्ट नआउन्जेलसम्म शव आइसोलेसनमै राखिने डा.अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्