कुनै समस्या भए जनप्रतिनिधीलाई फोन गर्न विद्यासुन्दरको अपिल
काठमाडौं, चैत ११ः काठमाडौं महागनरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा कुनै समस्या परे आफ्ना जनप्रतिनिधीलाई फोन गर्न अपिल गरेका छन्। सरकार....

काठमाडौं, चैत ११ः काठमाडौं महागनरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउनको समयमा कुनै समस्या परे आफ्ना जनप्रतिनिधीलाई फोन गर्न अपिल गरेका छन्। सरकारले मंगलबारदेखि एक साता लक डाउन गर्ने निर्णय गरेपछि शाक्यले नगरवासीका नाममा अपिल जारी गर्दै कुनै समस्या भए फोन गर्न आग्रह गरेका हुन्।
उनले लक डाउनको समयमा आ–आफ्नै घरमा बसेर महामारीविरुद्धको लडाइमा साथ दिन आव्हान गरेका छन्। यस्तै नागरिकलाई आवश्यक पर्ने औषधि र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गर्न व्यवसायीहरूलाई आग्रह समेत गरेका छन्।
‘कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ,’ उनले भनेका छन्, ‘काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ। कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।’









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

