Kathmandu Press

'विदेशमा रहेका नेपाली स्वदेश फर्कन पाउनुपर्छ' भन्दै सर्वोच्चमा रिट

काठमाडौं, चैत ११ : विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइ....

'विदेशमा रहेका नेपाली स्वदेश फर्कन पाउनुपर्छ' भन्दै सर्वोच्चमा रिट

काठमाडौं, चैत ११ : विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले मंगरबारदेखि सम्पूर्ण सीमानाका बन्द गरेपछि विदेशमा रहेका नेपाली अलपत्र परेका छन्।

विशेषत भारतमा रहेका नेपालहरू अलपत्र परेको र सरकारले नेपाली नागरिकलाई पनि गैरनागरिक जस्तो व्यवहार गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको हो। जुनसुकै देशमा भएका नेपाली स्वदेश फर्कन चाहेमा रोक्न नहुने भन्दै अन्तरिम आदेशको माग गरिएको छ।

अधिवक्ताहरु मीरा खड्का बस्नेत र माधव बस्नेतले संकटकाल घोषणा नभएको अवस्थामा नागरिकका मौलिक हक, मानव अधिकारलगायतका अधिकारबाट निलम्बन हुन नसक्ने भन्दै आज रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना नियन्त्रणका लागि गठित उच्चस्तरिय समन्वय समिति, मानव अधिकार आयोग, परराष्ट्र, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य मन्त्रालय र अध्यागमन विभागलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्