Kathmandu Press

सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।
सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

किमाथांका, सङ्खुवासभा, चैत २७ : सङ्खुवासभाको पाँचखपन नगरपालिका( २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

साेमबार राति घरायसी वादविवादमा  छोरा सुमनले बुवालाइ कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, चैत २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्