कोरोना रोकथाम कोषमा कांग्रेसका सबै सांसदले १५ दिनको तलब दिने घोषणा
काठमाडौं, चैत ११ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस, संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा १५ दिनको ....

काठमाडौं, चैत ११ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस, संक्रमण रोकथाम नियन्त्रण उपचार कोषमा १५ दिनको तलब बराबरको रकम दिने घोषणा गरेका छन्। प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको १५ दिन बारबारको तलब कोषमा दिने निर्णय गरिएको छ।
कांग्रेसले सरकारले सरकारले एक साताका लागि गरेको लकडाउनको निर्णय पूर्णरुपमा पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। यस्तै श्रम गरेर दैनिक जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवन यापन गर्न कठिनाइ हुने भन्दै उनीहरुका लागि सजहरुपमा खाद्यन्न उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ।
प्रकाशित मिति: १३:०६ बजे, मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

