Kathmandu Press

नेसनल मेडिकल कलेजमा प्रहरीले छापा, एमडीसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर ९एमडी० सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।
नेसनल मेडिकल कलेजमा प्रहरीले छापा, एमडीसहित दुई जना पक्राउ

काठमाडौं, चैत २६ : वीरगन्जको नेसनल मेडिकल कलेजमा प्रहरीले छापा मारेकाे छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो छापा मारेकाे हाे। 

मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि छापा मार्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह रहेकाे प्हरीले जनाएकाे छ। त्यसक्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गरेका प्रहरीले जानकारी दिएकाे छ।


 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्