Kathmandu Press

नेपालमा कोरोना परीक्षण कसरी गरिन्छ ? रिपोर्ट आउन कति समय लाग्छ? 

काठमाडौं, चैत ११ः विश्वव्यापीरुपमा फैलिएको कारोनाभाइरसको संक्रमण नेपालमा समेत देखिएपछि सरकारले एक साता लकडाउन गर्ने निर्णय गरेको छ। अत्यावश्यक बाहेकका....

नेपालमा कोरोना परीक्षण कसरी गरिन्छ ? रिपोर्ट आउन कति समय लाग्छ? 

काठमाडौं, चैत ११ः विश्वव्यापीरुपमा फैलिएको कारोनाभाइरसको संक्रमण नेपालमा समेत देखिएपछि सरकारले एक साता लकडाउन गर्ने निर्णय गरेको छ। अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। महामारीकोरुपमा फैलिएको भाइरसका कारण सन्त्रास बढेको छ। 

तर, नेपालमा कारोनाको परीक्षण कहाँ र कसरी गरिन्छ ? धेरैलाई थाह नहुन सक्छ। यस्तो अवस्थामा केही समय अघि राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले जारी गरेको स्टेटमेन्ट हेर्न उपयोगी हुनेछ।  

कसरी गरिन्छ परिक्षण ?

नेपालमा कोरोना भाइरसको टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिन्छ। शंकास्पद व्यक्तीलाई आइसोलेसनमा राख्नु पर्ने भए नमुना सम्बन्धित अस्पतालले संकलन गरेर प्रयोगशालामा पठाउनुपर्ने व्यवस्था गरिएको छ। बिरामी सिधै प्रयोगशालामा जान पाउँदैनन्।  

भिटिएम मा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन गरेर एनपीएचलमा पठाइन्छ। यो परीक्षण अहिले निःशुल्क हुने गरेको छ। डाक्टरको परामर्शपछि मात्रै कोरोना टेस्ट गर्न सकिन्छ। यसको परीक्षणका लागि घाँटी र नाकबाट निकालिएको स्वाभ नमूना संकलन गरिन्छ। 

भिटिएममा संकलन गरिएको नमूनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन गरेर ल्याइएको खण्डमा २४ सै घण्टा प्रयोगशालामा संकलन गर्ने व्यवस्था मिलाइएको छ। यसको रिपोर्ट आउन २४ देखि ४८ घण्टासम्म लाग्छ। यदी रिपोर्ट पोजेटिभ आएमा सम्बन्धित अस्पताल र डाक्टरलाई तुरुन्त जानकारी गराइने प्रयोगशालाले जनाएको छ।

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्