Kathmandu Press

मोजाम्बिकमा डुंगा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना वेपत्ता रहेका र पाँच जनालाई जीवितै उद्धार गरिएको छ।
मोजाम्बिकमा डुंगा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
Hardik ivfHardik ivf

काठमाडाैं, चैत २६ : मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुंगा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ।

रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना वेपत्ता रहेका र पाँच जनालाई जीवितै उद्धार गरिएको छ। दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ। मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराए। 

नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतङ्कित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुंगामा चढेका र दुर्घटनामा परेका बताएका छन्।  

दुर्घटनामा परेको डुंगा धेरै मानिस चढ्न नभई माछा मार्ने प्रयोजनको लागि तयार गरिएको भए पनि हैजाको प्रकोपको बारेमा गलत सूचना आतंकका कारण उनीहरू हतारिएर निकै खचाखचरूपमा भरिएको उक्त डुंगामा चढेको नेटोले बताए। 

दुर्घटनामा परी बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्दै दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरूले बहुक्षेत्रीय टोली गठन गरेका छन्।

प्रकाशित मिति: १४:०० बजे, सोमबार, चैत २६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्