Kathmandu Press

‘सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने बजेट ल्याउँछौं’

तीन महिनाअघि नै संसदमा बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएर आवश्यक सुझावहरू पनि आइसकेको भन्दै सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने र आगामी मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भइरहेको उनले प्रष्ट्याए।
‘सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने बजेट ल्याउँछौं’

काठमाडौं, चैत २५ : अर्थमन्त्री वर्षमान पुनले यस वर्षको बजेट निर्माण सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी ल्याउने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित ‘पूर्व बजेट छलफल आर्थिक वर्ष २०८१–८२’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।

तीन महिनाअघि नै संसदमा बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएर आवश्यक सुझावहरू पनि आइसकेको भन्दै सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने र आगामी मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भइरहेको उनले प्रष्ट्याए।

Hardik ivf

‘बजेट निर्माणको क्रम छ। म सुरु मै भन्न चाहन्छु यसपटकको बजेट निर्माण अलि समावेशी खालको र अलि वस्तुपरक बनाउने प्रयास भएको छ,’ उनले भने, ‘अहिले तीन महिना पहिले नै बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता माथि छलफल संसदमा भएर आवश्यक सुझावहरू पनि आइसकेको छन्। त्यसलाई सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी लैजाने कोसिस भइराखेको छ। त्यसपछि आउने मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भएको छ।’

अर्थमन्त्री पुनले गत वर्षमा कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति, कार्यक्रम र बजेट र आएको भन्ने टिप्पणी बिडम्वना रहेको बताए । यस वर्षको बजेट विनियोजनमा विगतको कमजोरीलाई दोहोरिन नदिने दाबी उनले गरे।

‘गत वर्ष विडम्बना जस्तो पनि साझा टिप्पणीहरु भए । कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति कार्यक्रम बजेट र त्यसपछि मौद्रिक नीति अर्को आस्थाबाट आएको जस्तो टिप्पणी गरिए । यो हाम्रो कमजोरी पक्ष हो। यसलाई सच्याउन यस वर्ष प्रयत्नहरू भइरहेको छ,’ उनले भने।

 

प्रकाशित मिति: २०:०७ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्