Kathmandu Press

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा उच्च सतर्कता

भीमदत्तनगर, चैत ११  :  कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको छ।

<....
कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा उच्च सतर्कता

भीमदत्तनगर, चैत ११  :  कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको छ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन्।  सोमबार कञ्चनपुर र कैलालीमा नेपाल–भारत सीमानाका बन्द गरिए पनि उच्च सतर्कताका साथ नेपालीलाई स्वास्थ्य परीक्षण गरी भित्र्याइएको थियो। 

म‌ंगलबार बिहान भने कञ्चनपुरको सीमावर्ती बजार वनबासा र कैलालीको गौरीफण्टा नाकामा सयौंँ नेपाली अलपत्र परेका छन्। उनीहरुलाई नेपाल आउन दिइएको छैन। मुलुकभर लकडाउन भएसंँगै सुदूरपश्चिमभर आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन भएका छन्। यहाँका विभिन्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गर्दै यहाँका बजार, व्यवसाय र कलकारखाना बन्द गर्न निषेधाज्ञा जारीसमेत गरेका छन्।

Hardik ivf

पहाडी जिल्ला डडेल्धुरा, दार्चुला र बैतडीलगायत जिल्लामा समेत लकडाउनको प्रभाव देखिएको छ। त्यसैगरी सुदूरपीश्चम प्रदेशमा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायले स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा दर्जैनौँ सहायता कक्ष सञ्चालनमा ल्याएका छन्।  साथै आइसोलेशन कक्ष र क्वारेन्टाइन धमाधम निर्माण भइरहेका छन्। पश्चिममा कैलालीका त्रिनगर, खंक्रौला नाकाका साथै कञ्चनपुरको ग्डडाचौकी, बेलौरी, डडेल्धुराको जोगबुढा, बैतडीको झुलाघाट र दार्चुलामा भारतसित जोडिएका महाकालीका चार पुलबाट आवागमन रोकिएको छ।

भारतका विभिन्न क्षेत्रमा कोरोनाको सङ्क्रमण देखिएपछि सुदूरपश्चिमका नाकाबाट एक सातामा करीब एक लाखभन्दा बढी नेपाली घर फर्किएको बताइएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी प्रमुख  नूरहरि खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले लक डाउन गरिएको बताए। “सूचनाको बेवास्ता गरी अनावश्यक भीडभाड र हिँड्डुल गरेको पाइए कानूनबमोजिम कारबाही हुन्छ,” उनले भने,“सचेत भएर घरमै बस्नु भनेको आफ्नै लागि हो।”

स्थानीय तह पनि सङ्क्रमण फैलिन नदिन वडास्तरसम्म सक्रिय रुपमा लागिपरेका छन्। डडेल्धुरामा मंगलबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। बाजुरामा विशेष गरेर तराईका जिल्लाबाट जिल्लामा गएका सर्वसाधारणको स्वास्थ्य परीक्षणमा जोड दिइएको छ।

डोटी जिल्लाले पनि मङ्गलबारदेखि लागू हुने गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। अछाम र बझाङ्गमा पनि आवश्यक तयारी, स्वास्थ्य परीक्षण र सचेतनामलक कार्यक्रमलाई स्थानीय तह र प्रशासनले जोड दिएका छन्। 

त्यसैगरी दार्चुलामा पनि भारतसित सीमा जोडिएका महाकाली नदीमा अवस्थित चार पुलबाट आवागमन पूर्ण रुपमा रोक लगाइएको छ। दार्चुलाकाको सदरमुकामको बसपार्कमा नेपाली सेनाको स्वास्थ्य कक्ष सञ्चालनमा आएको छ। त्यसैगरी गोकुलेश्वरमा शैल्यशिखर नगरपालिकाले कक्षमार्फत स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको छ।

यस्तै यहाँको पहाडी जिल्ला बैतडीसित जोडिएको झुलाघाट नाकाबाट आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले केन्द्रको निर्णयानुसार जिल्लाको सीमानाका बन्द गरिएको जनाएको छ। 

बैतडीको डिलाशैनी गाउँपालिकामा दुई, दोगडा केदारमा एक, सुर्नया गाउँपालिकामा तीन, पुच्यौडीमा पाँच र दशरथ नगरपालिकाको झुलाघाटमा स्वास्थ्य कक्ष स्थापना गरिएको छ  भने बैतडी जिल्ला प्रहरी कार्यालय परिसर र जिल्ला अस्पतालमा आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ। रासस

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्