Kathmandu Press

सर्वोच्चमा सातवटा कर्पोरेट हाउसका मुद्दाको सुनुवाइ शुरु

काठमाडौं, फागुन १३ : कर विवादसम्बन्धी सातवटा व्यवसायिक घरानाका मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । एनसेल कर प्रकरणको मुद्दा किनारा लगाएर च....

सर्वोच्चमा सातवटा कर्पोरेट हाउसका मुद्दाको सुनुवाइ शुरु

काठमाडौं, फागुन १३ : कर विवादसम्बन्धी सातवटा व्यवसायिक घरानाका मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ शुरु भएको छ । एनसेल कर प्रकरणको मुद्दा किनारा लगाएर चर्चा कमाएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकै चासोमा कर्पोरेट हाउसहरूको कर विवादका मुद्दाको सुनुवाइ शुरु भएको हो ।

सोमबार सूर्य नेपालसहित वरुण वेभरेज प्राइभेट लिमिटेड, पायनिर वायर्स, सोल्टी होटल्स लिमिटेड, राजेश मेटल क्राफ्ट, सिद्धि गणेश इन्टरप्राइजेज र नेपाल कमर्सियल इन्टरप्राइजेजको कर छलिको मुद्दाको सुनुवाइ शुरु गरिएको हो । सर्वोच्चका न्यायाधिश डा. आनन्दमोहन भट्टराई र बमनकुमार श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ चलिरहेको छ ।

ठूला कम्पनीहरूले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर नतिरेको भन्दै अर्थमन्त्रालयअन्तर्गतको ठूला करदाता कार्यालयले ०६५ पुस २ मा सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सूर्य नेपालले पनि ठूला करदाता कार्यालयविरुद्ध पनि मुद्दा हालेको छ । दुवैको मुद्दा संयुक्त रुपमा सुनुवाइ भइरहेको छ ।

पेप्सी, डिऊ र मिरिन्डालगायत पेयपदार्थ उत्पादन गर्दे आएको भारतको वरुण वेभरेजका विरुद्धमा परेको मुद्दाको पनि सोमबार सुुनुवाइ हुँदै छ । वरुणले मूल्य अभिवृद्धि कर नतिरेको भन्दै ठूला करदाता कार्यालयले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

वरुणले आर्थिक वर्ष ०६०÷६१ देखि ०६३÷६४ सम्म भ्याट नतिरेको भन्दै ठूला करदाता कार्यालयले मुद्दा दायर गरेको थियो । सोमबार पायनियर वायर्स, सिद्धि गणेश, सोल्टी होटल, राजेश मेटल क्राफ्ट, नेपाल कमर्सियल इन्टरप्राइजेज र पद्मा इन्टरप्राइजेजको पनि सुनुवाई हुदैँछ ।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, फागुन १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्