Kathmandu Press

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने

वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको जनाएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने

काठमाडाैं, चैत २५ : वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने भएको छ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको जनाएको छ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताए।

उनले विभागमा हुने कामकारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरि नितिगत सुधार गरिएको धारणा राखे। एक जना श्रमिकले सवै कागजात पुरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरि काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भनिएको उनले बताए।

उनले अव सवै कागजात अपलोड गरेको एक घण्टामा मोवाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने दाबी गरे। मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालयलाई थप सुधार गर्न अध्ययन भइरहेका दाबी गरे। 

प्रकाशित मिति: १५:१० बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्