Kathmandu Press

‘व्यवस्थित र प्रभावकारी जलस्राेत नीति र कानुन आवश्यक’

आइतबार काठमाडौंमा आयोजित सिँचाई दिवस तथा ७१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला आयोजनामा जानै पर्ने भएतापनि ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य रहेको बताएका हुन्। 
‘व्यवस्थित र प्रभावकारी जलस्राेत नीति र कानुन आवश्यक’

काठमाडौं, चैत २५ : उर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला र साना दुबै खुट्टाले हिँड्ने विधि अपरिहार्य रहेको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित सिँचाई दिवस तथा ७१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गोरवका आयोजनामा ठूला आयोजनामा जानै पर्ने भए पनि ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य रहेको बताएका हुन्। 

Hardik ivf

उनले भने, ‘हामी राष्ट्रिय गोरवका आयोजनामा ठिकै हो। ठूला आयोजनामा हामी जानै पर्छ। ठूला र साना दुबै खुट्टाले हिड्ने विधि अपरिहार्य छ। हामी आर्थिक विकास र सामाजिक न्यायको कुरा गरिराखेका छौं। आयोजनाका कार्यक्रममा यसको प्रतिफल कसरी हुने हो। त्यसमा विचार गर्नुपर्ने छ।’

व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो। धेरै नीति र कानुनले पनि सदुपयोग र समन्वयमा अप्ठ्याराको आउने उल्लेख गर्दै उनले पहिला व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको बताए।

‘जलश्रोत नीति चाहिने हो पहिले। जलश्रोत कानुनको व्यवस्था छ भने पहिला कानुन बनाउनुपर्ने हो। हामी त्यतातिर नभइ खानेपानीको कानुन बनेको छन्। सिँचाईको कानुनको कुरा त्यतातिर मात्र ध्यान छ। हामी आफैले हाम्रो आफ्नो क्षमतालाई र उपलब्धिलाई मारिराखेका छौं,’ उनले भने, ‘कतिवटा नीति कानुन बनाउने हो भन्नेमा पनि समयको सदुपयोगको दृष्टिकोणले र भोली समन्वयमा आउने अप्ठ्याराको दृष्टिले हेर्दा यो बढि विचारणीय कुरा छ। यसको लागि व्यवस्थित र प्रभावकारी जलश्रोत नीति चाहिएको छ। जलश्रोत कानुन एकदमै व्यवस्थित र प्रभावकारी चाहिएको छ। त्यसको मार्गदर्शनमा कतिवटा चाहिने हो त्यसपछि मात्र बनाउनुपर्छ।’
 

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्