लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन
आज मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै उनले तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। यसरी लुम्बिनीमा मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो।
बुटवल, चैत २५ : शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त जोखबहादुर महराले चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्।
आज मुख्यमन्त्रीकाे शपथ लिएलगत्तै उनले तीन जनालाई मन्त्री नियुक्त गरेका हुन्। यसरी लुम्बिनीमा मुख्यमन्त्रीसहित पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो।
नवनियुक्त मन्त्रीहरुमा एमालेबाट संसदीय दलका उपनेतासमेत रहेका चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टी (जसपा) बाट भण्डारीलाल अहिर छन्।
पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस प्रदेश सभापतिसमेत रहेका अमरसिंह पुनलाई पराजित गरेका नेता हुन्। अहिर यसअघिको सरकारमा कृषि तथा भूमि व्यवस्था मन्त्री थिए।
प्रकाशित मिति: १५:०० बजे, आइतबार, चैत २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार